
१७ भदौ,काठमाडौँ ।काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ ।
मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ठुलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो ।
छापा मारेर करिब ४ करोड रुपैयाँ बरामद भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिएका छन् । उनले यसबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।
