‘प्रेमगीता’को टिजर रिलिज

१८ भदौ,काठमाडौं । राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘प्रेमगीता’को टिजर रिलिज भएको छ ।

टिजरमा फिल्मका मुख्य कलाकार जान्वी बस्नेत,साजिद खान,सुशिल पोखरेल लगायतलाई देख्न सकिन्छ । प्रेमकथामा आधारित यो फिल्म युवा दर्शकलाई दर्शनीय बन्ने निर्माताको दाबी छ ।

ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण फिल्ममा आशा पौडेल,अर्जुन गुरुङ (भँगेरी डन),दीपक केसी,खुश्बु पाण्डे,माधव केसी,मानसी शर्मा,दीपसन लिम्बु, मौसम खड्का र ममता माझीको पनि अभिनय छ ।

साजिद खान प्रस्तुतकर्ता रहेको फिल्ममा अयाज अलि खान निर्माता छन् ।विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन,रामेश्वर हुमागाईंको छायांकन गरेका छन् ।भने,भरत बस्नेतको संगीत,राजु किराँतको द्वन्द्व र रामजी लामिछानेको कोरियोग्राफी छ ।