
१८ भदौ,काठमाडौं ।अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला रु २ लाख ७ हजार ९०० कायम भएको छ ।यो मूल्य हालसम्मकै उच्च हो ।मङ्गलबार प्रतितोला २ लाख ५ हजार ९०० मा कारोबार भएकोमा बुधबार प्रतितोला रु २ हजार बढेको हो ।
चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर रु २ हजार ४ सय ८० कायम भएको छ ।
बुधबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
