
१८ भदौं,काठमाडौं ।बुढानिलकण्ठ–१०,काठमाडौंस्थित त्रिनेत्र विद्या निकेतनमा अध्ययनरत १२ वर्षीया एक बालिका बेपत्ता भएकी छन् ।
साथीहरुसँग स्केटीङ खेल्न गएकी ती बालिका घर नफर्केपछि परिवारले खोजी गरिरहेका छन् । तर उनको अवस्था अझै अज्ञात छ । उनलाई चिन्ने र जान्ने जो कोहीले देखेमा प्रहरी वा परिवारजनलाई खबर गरिदिन अनुरोध गर्दै परिवारले मोबाइल नम्बर समेत उल्लेख गरेका छन्।
यो हो परिवारको सम्पर्क नम्बर : ९८६९३७४६०२
