कालीकोट रास्कोटका वडाध्यक्ष ३ दिनदेखि बेपत्ता

२१ भदौ,सुर्खेत ।कालीकोट रास्कोट नगरपालिका,८ का वडाध्यक्ष मनिराज बराल तीन दिनदेखि बेपत्ता भएका छन्।

बुधवार बेलुकी वडा कार्यालयको काम सकेर ससुराली जाने भन्दै घरबाट निस्किएका बराल अहिलेसम्म सम्पर्कविहीन रहेको जनाइएको छ ।

फुकोट स्वास्थ्य चौकीका  एक कर्मचारीका अनुसार वडाध्यक्ष दिउँसो नगरपालिका पुगेका र त्यहाँबाट ससुरालीतर्फ हिँडेका थिए।

हिजो शुक्रवार कर्णाली नदी किनारमा बरालले लगाएको कोट फेला परेको उनले जानकारी दिएका छन्। उनका अनुसार स्थानीय,नगर प्रहरी र नेपाल प्रहरीले खोजी कार्यलाई तीव्र पारेका छन्।

जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार प्रहरी चौकी रास्कोटको समन्वयमा सान्निगाड, मेहलमुडीलगायतका क्षेत्रमा पनि खोजी कार्य जारी छ।

बरालका  पत्नी,एक छोरा र दुई छोरी छन्।