तोलामा २ हजार २ सय रुपैयाँ बढ्यो सुन

२७ चैत, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ८५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९६० रुपैयाँमा कायम भएको छ ।