नेपाल तामाङ घेदुङ अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित

४ जेठ, काठमाडौं ।नेपाल तामाङ घेदुङको अध्यक्षमा रामकृष्ण ब्लोन तामाङ निर्वाचित भएका छन् ।

घेदुङको १०औं संघीय महाधिवेशनबाट ब्लोन अध्यक्षमा निर्वाचित भएका हुन् ।अध्यक्षमा पाँच जनाले प्रतिस्पर्धा गरेका थिए ।

३०६ मत प्राप्त गर्दै अध्यक्षमा ब्लोन निर्वाचित हुँदा उनका प्रतिस्पर्धीहरू कुमारसिंह घिसिङले ९८, मित्रसेन योन्जनले ५९,अमिर लामा मोक्तानले ३२ र मानबहादुर तामाङले २७ मत प्राप्त गरे ।

सहअध्यक्ष पदमा सरोजमोहन लामा निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा सञ्चु ब्लोन तामाङ ३६० मतसहित विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी हरिजङ तामाङले १३२ मत प्राप्त गरेका छन्

पाँच खुल्ला उपाध्यक्ष पदका लागि १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकोमा काजिमान थिङ ३७८ मत,रुपबहादुर योन्जन २४६ मत,दिनेश कुमार लो १८३ मत, प्रेम लो तामाङ १८१ मत तथा पासाङदोर्जे लामा १७६ मतसहित निर्वाचित भएका छन् ।

यस्तै महिला उपाध्यक्ष पदमा दिना लामा ३०१ मत र विनामम्बा तामाङ ३२० मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

महासचिव पदमा लिलाकुमार घलान निर्विरोध निर्वाचित भएका छन् ।उपमहासचिव (खुल्ला) तर्फ निर्मलबहादुर तामाङ र बिलाम मुक्तान निर्विरोध निर्वाचित भएका छन् ।उपमहासचिव (महिला) मा श्रमिक लामा निर्विरोध निर्वाचित भएकी छन् ।

सचिव पदमा सुनिल मोक्तान २५१ मत,सुन्दर थोकर तामाङ १९९ मत तथा हिरालाल तामाङ १९४ मतसहित विजयी भएका छन् ।सचिव (महिला) तर्फ उषा वाइबा ३२७ मत र संगीता तामाङ पाख्रिन २७८ मतसहित निर्वाचित भएका छन् ।

कोषाध्यक्ष पदमा तिर्थमान बल तथा सहकोषाध्यक्ष पदमा सिता चोदेन तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नं. १ बाट अर्जुन तामाङ, इन्द्रकुमार योन्जन तामाङ, दलमान तामाङ, पेम्बा गोले तामाङ, प्रदीप लामा तामाङ, मीनबहादुर तामाङ,रामबहादुर वाइबा र रामप्रसाद ग्याबा तामाङ निर्वाचित भएका छन् । महिलातर्फ पेमाकुमारी लामा सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् ।

मधेश प्रदेशबाट अमराज लामा,चन्द्रबहादुर मुक्तान,पूर्णबहादुर मोक्तान,राजकुमार घिसिङ र रामबहादुर घलान निर्वाचित भएका छन् । महिलातर्फ बिना घिसिङ र राम्रीमाया तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

बागमती प्रदेशको १४ खुल्ला सदस्य पदका लागि २५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । कडा प्रतिस्पर्धापछि फुर्साङ मोक्तान तामाङ,कान्छा तामाङ,गोपीराज घलान,फुर्वाग्याल्बो मोक्तान,रोजबहादुर मोक्तान, फुर्पु तेन्जेन तामाङ,चक्रबहादुर पाख्रिन,उदय लामा,रक्षेबहादुर घलान लामा तामाङ,विजयकुमार तामाङ, समिर लामा,सूर्य घिसिङ तामाङ र सूर्यबहादुर तामाङ निर्वाचित भएका छन् ।

बागमती प्रदेशकै महिलातर्फ उर्मिला स्याङ्तान तामाङ,ठुलीमाया मोक्तान,तिरुमाया तामाङ,निर्मला तामाङ, मिक्साङ लामा र लक्ष्मी जिम्बा निर्विरोध निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशबाट खुल्लातर्फ जसपाल पाख्रिन,बिरसुब्बा तामाङ र भक्तबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् भने महिलातर्फ आशा बमजन र जुना तामाङ निर्विरोध निर्वाचित भएका छन्।

सुदूरपश्चिम प्रदेशबाट केशवकुमार लामा निर्विरोध निर्वाचित भएका छन् भने प्रवास शाखा तथा आबद्ध शाखाबाट ज्ञानबहादुर तामाङ निर्वाचित भएका छन् ।

आबद्ध संस्थाको महिला खुल्लातर्फ छोइसल घलान, लक्ष्मीमाया वाइबा,शर्मिला लामा,शान्ताकुमारी तामाङ,शान्ती दोङ तामाङ,सफलता तामाङ र शुसिला वाइबा तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

१ देखि ३ जेठसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनको अन्तिम मतपरिणाम आज मध्यरातमा सार्वजनिक भएको थियो ।