
२० जेठ,काठमाडौं । एक सातामा नेपाली बजारमा सुनको भाउ तोलामा २० हजार ८ सय रुपैयाँ बढेको छ ।
आज बुधबार अघिल्लो दिनको तुलनामा मूल्य स्थिर रहे पनि गत बुधबारको तुलनामा २० हजार ८ सय बढेको हो । महासंघले आज ३ लाख ११ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो ।गत बुधबार २ लाख ९० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँ घटेको छ ।अघिल्लो दिन ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३७० रुपैयाँ कायम भएको छ ।एक सातामा चाँदी पनि २९० रुपैयाँ बढेको छ ।
