घट्यो सुनचाँदीको भाउ

२१ जेठ, काठमाडौं । बिहीबार सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन ३ लाख ११ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ११ हजार १ सय रुपैयाँ छ ।

आइतबार बजेटले भन्सार दर १० बाट २० प्रतिशत पुर्‍याएपछि सुनको मूल्य अकस्मात वृद्धि भएको हो । भन्सार दरकै कारण प्रतितोला करिब २० हजार रुपैयाँ मूल्य थपिएको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार ३७० रुपैयाँ रहेको चाँदी आज ५ हजार २८५ रुपैयाँ भएको छ ।