
२२ जेठ,काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
बिहीबार साँझ दिल्लीमा उनीहरूबीच भेटवार्ता भएको हो । भाजपाको निमन्त्रणामा दिल्ली गएका रास्वपा सभापति लामिछानेले थुप्रै राजनीतिक भेटघाट गरिसकेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयंशकर, भाजपाका नेताहरू लगायतसँग उनले भेट गरिसकेका छन् ।
गोर भारतका लागि अमेरिकी राजदूत हुन् । यसअघि नेपाल आएकाबेला गोरले पनि सभापति लामिछाने लगायतका रास्वपा नेताहरूसँग भेटवार्ता गरेका थिए ।
