
१५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालि दशैंमा नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा सधैं उपलब्ध गराउने भएको छ ।
केन्द्रीय बैंकले यसका लागि मिति निर्धारण नगर्ने जनाएको छ ।
‘केन्द्रीय बैंकसँग पर्याप्त नोट छ, माग अनुसार सटही सुविधा हामी दिन्छौं,’ बैंकले भनेको छ।,‘नयाँले पुग्दासम्म नयाँ वितरण गर्छौं,त्यसले पनि पुगेन भने सुकिला नोट वितरण गर्ने योजनामा छौं ।’ बैंक भन्छ।
बैंक तथा वित्तीय संस्थाले पनि पर्याप्त नयाँ र खुद्रा नोट लगिसकेको र उनीहरूले पनि आफ्ना ग्राहकलाई वितरण गरिरहेको जनाइएको छ ।
अहिले राष्ट्र बैंकमा नोट सटही लिन जानेले दुई बन्डलसम्म साट्न पाउँछन्।एक बन्डलमा ५, १०, २०, ५० र १०० दरका नोट सबैको १ सय थान हुन्छ ।
