प्रधानमन्त्रीको सचिवालय २५ सदस्यीय,तीन जनालाई मन्त्री सरहको सुविधा (सूचीसहित)

१६ असोज,काठमाडौं ।प्रधानमन्त्री कार्यलयले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवालयमा कार्यरत व्यक्तिहरूको नाम आफ्नो वेवसाइटमा सार्वजनिक गरेको छ।जसनुसार उक्त टोलीमा २५ पदाधिकारी छन्।

कार्यालयका अनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ टोलीमा मन्त्री र राज्यमन्त्री सरहका विशिष्ट व्यक्तिहरू समेटिएका छन्।

जसमा कुमार ब्यञ्जनकार अवैतानिक मुख्य राजनीतिक सल्लाहकारमा छन्।राजनीतिक सल्लाहकार असिम शाह छन्।मन्त्री सरह तलब सुविधा पाउने छन्।

नीति,प्रशासन तथा सुशासन सल्लाहकार यसैगरी सुदिप ढकालले राज्यमन्त्री सरहको सेवा सुविधा पाइरहेका छन्।

यस्तै सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्री सरहको सुविधा दिइएको छ।अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदिश प्रसाद अग्रवालको मन्त्री सरहको सेवा सुविधा  छ।

सचिवालयको नेतृत्व मा प्रमुख स्वकीय सचिव (रा.प. विशिष्ट सरह) सुवाष शर्मा छन्। यस्तै,स्वकीय सचिवमा नविन भण्डारी (रा.प. प्रथम सरह) रहेका छन्।

सहसचिव (रा.प. प्रथम)सरहका पदहरूमा सञ्जिव पाण्डे विकास परियोजना,दिपा दाहाल ्प्रेस तथा अनुसन्धान विज्ञ) सन्तोष गिरी कार्यक्रम तथा भ्रमण संयोजक र विश्व राई (विज्ञ सामाजिक विकास) रहेका छन्।

उपसचिव (रा.प.द्वितीय) सरहको जिम्मेवारी प्रकृति ढकाल,विशाल अधिकारी र विनय शाक्यलाई दिइएको छ।सहायक विज्ञका रूपमा सुमन गौतम (नागरिक उड्डयन र रवि किरण अधिकारी (भाषा तथा मस्यौदा) नियुक्त भएका छन्।

त्यस्तै,शाखा अधिकृत तथा अन्य प्राविधिक तथा प्रशासनिक तह (रा.प.तृतीय र अनंकित.मा सुरेन्द्र बजगाई प्रेस सहजकर्ता),रोशन तामाङ्ग (ग्राफिक्स डिजाइन) छन्।

बेदानन्द जोशी,हेम नारायणदास चौधरी (अनुसन्धान अधिकृत),अनुप थापा मगर,ऋषी थापा,अमृत पाण्डे (भिडियोग्राफर) राज कुमार गौतम र बेनिस कार्की कार्यरत रहेका छन्।