
२० असोज,काठमाडौं ।नेपाली कांग्रेसले अफूहरुले पालना गर्नुपर्ने राजनीतिक मर्यादा र आचरणको मापदण्ड सार्वजनिक गरेको छ।
काठमाडौंमा जारी १५औं महाधिवेशनमा कंग्रेस सभापति गगनकुमार थापाले राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै पार्टीले अबदेखि ‘ गर्ने र नगर्ने’ विषयको स्पष्ट सीमारेखा उल्लेख गरेका हुन् ।
दस्तावेजको खण्ड ९(७ ) मा उल्लेख भएको सो मापदण्ड अनुसार कांग्रेसले चुनावमा गठबन्धन नगर्ने, भ्रष्टाचारमा मुछिएकालाई संरक्षण नदिने र गुट वा पैसाका आधारमा टिकट नबाँड्ने प्रतिबद्धता जाहेर गरेको छ।
संवैधानिक नियुक्तिमा दुई वर्षको कुलिङ अफ लागू गर्ने र बिचौलियाको प्रभावलाई रोक्ने नीति पनि लिइएको छ।
साथै कांग्रेसले मापदण्डलाई विधान,कार्यविधि, अभिलेख र सार्वजनिक समीक्षाबाटै लागू गर्ने समेत जनाएको छ ।
