काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर वैशाख २४ गतेदेखि हुने प्रतियोगिताको पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको हो।पुरुषमा ५० ,६० , ७० केजीमुनि र ७० केजीमाथिको तौलसमूहमा प्रतिष्पर्धा हुने आयोजकको भनाई छ ।
नेपाल आर्मी र एपीएफबाट ७५ पुरुष र ३५ महिला गरी १ सय १० खेलाडीको सहभागिता रहने संघका उपाध्यक्ष पुष्प मानन्धरले बताएका छन्।
स्पर्धामा शीर्ष तीन स्थानलाई पुरस्कार प्रदान गरिने बताइएको छ।त्यसमा क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने आयोजककको भनाई छ।दुई दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भनिएको छ।
