विप्लवको पार्टीले ७ जेठमा काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ७ जेठमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।

पार्टीको पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्दै महासचिव चन्दले विश्व शान्तिका लागि समाजवाद भन्ने नाराका साथ र्‍याली निकाल्न लागिएको बताएका छन्।