
काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई विभिन्न सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ ।
बिहीबार सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यि विधामा सम्मान गरेको हो ।
जसअन्तर्गत राप्ति इन्जियनियरिङ कलेजका अध्यक्ष शैलेन्द्र गिरीलाई नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४ ,प्रदान गरेको छ।यस्तै एनसेलकी चिफ टेक्नोलोजी अफिसर लेना केशरी कंसाकारलाई नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४ (वुमन) प्रदान गरिएको छ।
यस्तै एपीआई म्यानेजमेन्ट एकीकृत सिस्टम विकास गरि बैंक तथा वित्तीय क्षेत्रलाई सहज बनाएको भन्दै वान प्वाइन्ट कम्पनीलाई नेशनल आइसिटी नवप्रवर्द्धन अवार्डले सम्मान गरेको छ।
यस्तै सामाजिक सुरक्षा कोषलाई नेशनल आइसिटी पब्लिक सेक्टर अवार्डले सम्मान गरेको छ।भन,शनल आइसिटी अवार्ड प्राइभेट सेक्टरबाट डाटा हबले पाएको छ।डेटा हब प्रालि,नेपालको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक हो ।यस्तै प्रादेशिक पुरस्कार वीरगञ्जको डाइनामिक टेक्नोसफ्ट कम्पनीले पाएको छ ।
सूचना प्रविधि सेवा निर्यात गरी नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने कम्पनीको रूपमा स्प्राउट टेक्नोलोजीज सर्भिसेस (क्लाउड फ्याक्ट्री) सम्मानित भएको छ ।
आर्थिक वर्ष २०७९(८० मा सबैभन्दा बढी कर तिर्ने आईसीटी कम्पनीको रूपमा नेपाल टेलिकम सम्मानित भएको छ ।मोनाल टेकले नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ प्राप्त गरेको छ ।
सबै पुरस्कारको राशि एक एक लाख रुपैयाँ रहेको छ ।
