मकवानपुरको थाहा नगरपालिकामा डढेलोले वडा कार्यालयमा क्षति

मकवानपुर ।मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा लागेको डढेलोले नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा समेत सामान्य क्षति पुर्‍याएको छ ।

डढेलो स्थानीय र नगरपालिकाको वारुण यन्त्रको मद्दतमा नियन्त्रणमा ल्याइएको छ।समयमै आगलागी नियन्त्रण हुँदा ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ ।