क्रिकेटर सन्दिपले पाए सफाइ

काठमाडौँ । जबर्जस्ती करणी मुुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर क्रिकेटर सन्दिप लामिछानेले उच्च अदालत पाटनबाट आज सफाइ पाएका छन् ।

काठमाडौँ जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै न्यायाधिशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले उनलाई सफाइ दिएको हो । गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।

पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो।

तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो। उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो। यससँगै सन्दिप निर्दाेष सावित भएका छन् ।