नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’

१२ साउन, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक सुविधाहरू सहित ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ। 

मंगलबारदेखि लागू भएको यस अफरअन्तर्गत कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा थप सुविधासहितका नयाँ प्याकेजहरू सञ्चालनमा ल्याएको हो।

कम्पनीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार अफरअन्तर्गत पोस्टपेड ग्राहकका लागि ३७३ र ४९९ रुपैयाँका आकर्षक प्याकहरू उपलब्ध गराइएको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २० जिबी डेटा प्याक ९९ रुपैयाँदेखि १९९ रुपैयाँसम्ममा उपलब्ध गराइएको छ।

सुविधाहरू लिनका लागि ग्राहकले आफ्नो मोबाइलबाट स्टार १४१५ ह्यास डायल गरेर वा नेपाल टेलिकमको एप तथा वेबसाइटमार्फत जानकारी लिन र प्याकेज खरिद गर्न सक्नेछन्।