
काठमाडौँ । कोशी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका हुन् ।
मन्त्रिपरिषद् विस्तारका लागि सत्ता साझेदार दलहरूसँग छलफल भइरहेको जनाइएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको भए पनि टुंगोमा पुगिसकेको छैन । छलफलपछि भोलिसम्म मन्त्रिपरिषद्को टुंगो लागिसक्ने मुख्यमन्त्रीको सचिवालयको भनाइ छ ।
कोशी प्रदेशमा एमालेले ५ माओवादी केन्द्रले ३ मन्त्रालय राख्ने र अन्य दललाई १ मन्त्री दिनेगरी छलफल भइरहेको छ । जसपालाई मन्त्री दिने विषयमा परामर्श भइरहेको बताइएको छ ।
कार्की वैशाख २८ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले वैशाख ३१ गते नै विश्वासको मत लिइसकेका छन्।
