बूढालीनकण्ठबाट महिलाको गहना लुट्ने दुई व्यक्ति पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो भङ्गाल क्षेत्रमा सुन लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको छ।

आइतबार प्रहरी वृत्त महाराजगञ्जको टोलीले रौतहट मौलापुर नगरपालिका–४ का १९ वर्षीय सरोजकुमार साह र सोही स्थानका २० वर्षीय राधेश्याम साहलाई पक्राउ गरेको हो ।

बीएमसी स्कुल नजिक ७५ वर्षीया शारदा थापाको एक तोला ९२ लाल सुन लुटपाट गरेको आरोपमा सरोजकुमार र माथिल्लो भङ्गालमा सुमित्रा श्रेष्ठको सुन लुटपाटमा संलग्न राधेश्याम शाहालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुवैजनालाई चोरी तथा डकैतीसम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।