
काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति खेद व्यक्त गरेका छन्।
उनले आफ्ना सामाजिक सञ्जालमा सिरोहिया पक्राउ पर्नुलाई सरकारको अलोकतान्त्रिक कदम भएको उल्लेख गरेका छन्।
‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो।मिडियालाई तर्साउने उदेश्य सहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ’,देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
सिरोहियालाई प्रहरीले नागरिकता किर्तेको प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरेको छ।
