
काठमाडौं । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाको पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रिया दिएका छन् ।
काठमाडौंको चन्द्रँगिरीमा आज पत्रकारहरुसँगै बोल्दै प्रधानमन्त्री प्रचण्डले सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरूरी नरहेको प्रतिक्रिया दिएका छन्।
पत्रकारहरूको प्रश्नमा जबाफमा उनले सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको पनि बताए।प्रधानमन्त्री दाहालले राज्यले कान्तिपुरका सिरोहियासँग कुनै पनि रिसिइबी नसाँधेको समेत प्रष्टीकरण दिएका छन्।
