सिरोहियाको पक्राउमा रास्वपाको समर्थन

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको पक्षमा उभिएको छ ।

रास्वपाका महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरे ।

उनले भने, ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवि पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन, यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ ।’

सिरोहियालाई जिल्ला अदालत धनुषाको अनुमति लिएर नागरिकता कीर्तेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरेको आफूहरुको जानकारीमा आएको रास्वपाले जनाएको छ ।