
काठमाडौं । साताको पहिलो कारोबारको दिन आज सुनचाँदीको मूल्य स्थिर छ । अघिल्लो साता लगातार घटेको सुनको मूल्य आइतबार यथावत रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल प्रतितोला सुन एक हजार आठ सयले घटेर एक लाख ३६ हजार नौ सय रुपैंयामा कारोबार भएको थियो । आज पनि छापावाल सुन सोही मूल्यमा नै कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसै, आजर चाँदीको मूल्य पनि स्थिर छ।
आज चाँदी प्रतितोला १८ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।
