यस वर्षको बजेट भाषण मंगलबार दिउँसो १ बजे हुने

काठमाडौं । नयाँ आर्थिक वर्षको बजेट भाषण जेठ १५ गते गर्ने सरकारको परम्परा रहँदै आएको छ ।

सोही अनुरुप प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजेका लागि संघीय संसदको संयुक्त बैठक बोलाएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले बजेट वक्तव्यका लागि संयुक्त बैठक बोलाएका हुन् ।

उनले बैठकका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन् ।

बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।