दुई दशमलब १४ अंकले घट्यो नेप्से

काठमाडौं । धितोपत्र बजार (नेप्से) दुई दशमलब १४ अंकले घटेर २१ं०९ विन्दुमा बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज चार अर्ब ४४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत साताको अन्तिम करोबार दिन पाँच अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज होटेल तथा पर्यटन र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेका छन् । होटेल तथा पर्यटन समूहको परिसूचक ३.३७ प्रतिशतले वृद्धि भएको छ । यस्तै, म्युचुअल फन्ड समूहको परिसूचक ०.२१ प्रतिशतले बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका मध्ये २९ कम्पनीको सेयर मूल्य बढेको छ । २१५ कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको सेयर मूल्य स्थिर छ ।