सिरोहियाको तेस्रो पटक म्याद थप्ने तयारी

धनुषा । प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ ।

नागरिकता किर्ते कसुरमा जेठ ८ गते पक्राउ परेका सिरोहियालाई आज म्याद थप्न जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषा लैजाने तयारी गरेको हो । उनीमाथि अनुसन्धान गर्न अदालतले दुईपटक तीन–तीन दिनको म्याद थप गरेको थियो ।

दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए । अहिले उनी जनकपुरधामकै सुविधा सम्पन्न काव्या अस्पतालमा उपचाररत छन् । उनलाई अस्पतालबाटै अदालत र्लैजाने प्रहरीको तयारी छ ।

चिकित्सकको सल्लाह बमोजिम सिरोहियाको अवस्था हेरेर अदालत लगिने प्रहरीले जनाएको छ । उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएकाले सिरोहिया अस्पताल लगिएको थियो । सुरुमा उनलाई प्रादेशिक अस्पताल लग्दा त्यहाँका चिकित्सकले उनको अवस्था नर्मल रहेको बताएका थिए । तर सिटी स्क्यानको बहानामा उनलाई काव्या अस्पताल पुयाइएको थियो ।