काँग्रेसद्वारा पदाधिकारी बैठक आह्वान

काठमाडौं । नेपाली काँग्रेसले पदाधिकारी बैठकको आह्वान गरेको छ । काँग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको कार्यादेशबारे साझा धारणा बनाउन वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ।

काँग्रेसले सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाएको स्रोतले बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका नेताहरूसँग बालुवाटारमा भएको छलफलपछि कांग्रेसले आन्तरिक गर्ने बताइएको छ । सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ।

संसदीय छानबिन समिति गठनमा सत्ता पक्ष सहमत भए पनि समितिको कार्यादेशमा अझै कुरा मिल्न सकेको छैन।