एनएसकेए इन्टरनेसनल कराँते च्याम्पियनसिपको उपाधि नेपाललाई

काठमाडौं । एनएसकेए इन्टरनेसनल कराँते च्याम्पियनसिपको उपाधि नेपालले हात पारेको छ । शनिबारबाट राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको १५ औं एनएसकेए इन्टरनेसनल कराँते च्याम्पियनसिपमा नेपाल लगातार १५ औँ पटक च्याम्पियन भएको हो ।

प्रतियोगितामा नेपालले १९ स्वर्ण जित्दै १५ औँ पटक च्याम्पियन बनेको हो । नेपालले १९ स्वर्णका साथै २४ रजत र ३० कास्य पदक जितेको छ ।

यस्तै, प्रतियोगितामा भारत १२ स्वर्णसहित दोस्रो बनेको छ । उसले १२ स्वर्णसहित ६ रजत र १२ कास्य पदक जित्यो ।