काठमाडौं । यस वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम फेरिएर आउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो नाम फेरेर राष्ट्रिय रोजगार कार्यक्रम राख्न लागेको हो ।
कार्यक्रमले सात सय ५३ वटा पालिकाको मागको आधारमा सीप र तालिमको विवरण माग गर्ने र त्यसैको आधारमा सीप दिने गरेर कार्याक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ ।
गत आर्थिक वर्ष २०७९–८० मा नै यो कार्यक्रम परिमार्जन गर्ने उद्देश्य राखिएको थियो।
यो कार्यक्रम आर्थिक वर्ष २०७५–७६ देखि यो कार्यक्रम सञ्चालनमा आएको हो। २०७५ फागुन एक गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यक्रमको उद्घाटन गरेका थिए।
चालु आर्थिक वर्षमा यो कार्यक्रमको लागि पाँच अर्ब ९५ करोड रूपैयाँ बजेट विनियोजन भइसकेको छ। गत आर्थिक वर्ष २०७९–८० मा यो कार्यक्रमको लागि सात अर्ब १५ करोड १० लाख बजेट छुट्याएको थियो।
