चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार सय रुपैंयाले बढेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार छ सयमा कारोबार भइरहेको महासंघले बताएको छ । अघिल्लो दिन एक लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । वैशाख ७ गते सुनको भाउ प्रतितोला एक लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन एक हजार ८८० रुपैयाँ थियो ।