दाङको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना घाइते

दाङ । दाङको गढवा–कोइलाबास सडक खण्ड गढवा गाउँपालिकामा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।

भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस आज दिउँसो गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गढवा जानकारी दिएको छ ।

गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले बस दुर्घटनामा २५ जना घाइते भएका र घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको र उनीहरुको अवस्था सामान्य रहेको जानकारी दिइन् ।

घटनाका विषयमा छानबीन भइरहेको प्रहरीले जनाएको छ ।