
एजेन्सी । भारतको राजगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेश राज्यको राजगढमा आइतबार राति भएको दुर्घटनामा मृत्यु हुनेहरु राजस्थानको झालवार जिल्लाका बासिन्दा भएको बताइएको छ ।
जन्ती लिएर तीव्र गतिमा गुडिरहेको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको र सो दुर्घटनामा १३ जनाले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यामहरुले बताएका छन् ।
दुर्घटनामा अन्य ४० जना घाइते भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनीहरुको जिल्ला अस्पताल राजगढमा उपचार भइरहेको छ । राजगढ जिल्लाको पिपलोदी रोडमा ट्रयाक्टरको ट्रली पल्टिँदा सो दुर्घटना भएको हो ।
