सहकारी छानबिन समितिको पहिलो बैठक सुरु

 

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरु भएको छ ।

बुधबार दिउँसो सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक सुरु भएको हो । संसदीय विशेष समितिहरूको पहिलो बैठक सभामुखको सहभागितामा बस्ने चलन छ ।

यही जेठ १५ गते प्रतिनिधि सभाको बैठकबाट एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित ७ सदस्यीय समितिको बैठक आज पहिलोपटक बसेको हो।

समितिमा कांग्रेसका सांसदहरू बद्री पाण्डे र ईश्वरी देवी न्यौपाने,सत्तारूढ एमालेबाट सूर्य थापा र सरिता भुसाल,नेकपा ९माओवादी केन्द्र० बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।