जमुना धमला
काठमाडौं। नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ ।
काठमाडौँको कार्की ब्याङ्केटमा केही समयअघिदेखि मतदान सुरु भएको हो । विद्युतीय मेसिनमार्फत मतदान भएकाले नतिजा मंगलबार साँझसम्म आउने बताइएको छ ।
एमाले काठमाडौँको अध्यक्ष पदमा दीपक निरौला र निर्मल देउवाले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी दिएका छन् । सचिवमा राजेश शाक्य र सत्यनारायण डंगोल तथा उपसचिवमा उद्धव भण्डारी, विन्दु महर्जन, गुञ्जमानसिंह बस्नेत तथा तारा भण्डारीको उम्मेदवारी परेको छ ।
