घरमै राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने व्यवस्था गर्न सांसदको माग

काठमाडौं । नेकपा एमाले सांसद ऋषिकेश पोखरेलले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई राष्ट्रिय परिचयपत्र घरमै उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि ज्येष्ठ नागरिकहरूले सास्ती खोप्नु परेको भन्दै उनले पूर्व तयारी गरेर अर्को वर्षदेखि लागू हुनेगरी घरमै उपलब्ध गराउन माग गरेका हुन्।

राहदानी बनाउन र नवीकरणका लागि अनिवार्य रहेको राष्ट्रिय परिचय पत्र सामाजिक सुरक्षाभत्तामा समेत लागू गरिने भएपछि त्यसको प्रत्यक्ष मारमा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरू परेको भन्दै यो निर्णय तत्काल रोक्नुपर्ने बताए।