अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन मङ्सिर अन्तिम साता

काठमाडौ। नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले आउँदो मङ्सिर अन्तिम साता राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

बिहीबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको केन्द्रीय पदाधिकारी बैठकले २३ औँ राष्ट्रिय सम्मेलन मङ्सिर २५, २६ र २७ गते गर्ने निर्णय गरेको हो । साथै आगामी भदौ २५ मा विधान सम्मेलन गर्ने निर्णय गरिएको फ्याक्सन इन्चार्ज हिमाल शर्माले जानकारी दिए ।