बंगलादेशसँग नेदरल्याण्ड्स २५ रनले पराजित, श्रीलंका प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । आईसीसी टि(२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले पराजित गरेको छ । बंगलादेश विजयी भएसँगै २०१४ को विश्वकप विजेता श्रीलंका एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

सेन्ट भिन्सेन्टमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । सुरुवातमा ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । बंगलादेशका लागि शाकीब अल हसनले ४६ बलमा ९ चौका सहित सर्वाधिक ६४ रन जोडे । तान्जिद हसनले ३५, महमुदुल्लाहले २५ र जाकिर अलीले १४ रन बनाए । नेदरल्यान्ड्सका आर्यन दत्त र पल भ्यान मिकरनले २(२ विकेट लिए ।