पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु

नुवाकोट । पौडी खेल्ने क्रममा एक बालिकाको डुबेर मृत्यु भएको छ । जिल्लाको गाउँपालिका–३, बांगेटारकी १३ वर्षीया अनिषा थिङ तामाङ डुबेर मृत्यु भएको हो ।

तादी खोलाको ककरे दहमा शनिबार पौडी खेल्न गएकी उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।