सीता पौडेल (अर्चना)
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एमाले) लम्जुङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा बद्रीनाथ पौडेल निर्वाचित भएका छन्।
एमाले लम्जुङ–काठमाडौं सम्पर्क मञ्चको १२ औं सम्मेलनको शनिबार पार्टी कार्यालय च्यासलमा सम्पन्न भएको बन्दसत्रले गरेको निर्वाचनबाट आफ्ना प्रतिष्पर्धी जीवनबाबु तिवारीलाई पछि पार्दै उनि विजयी भएका हुन्।

निर्वाचित पौडेलले जम्मा खसेको १ सय ७६ मतमध्ये १ सय २० मत प्राप्त गरेर विजयी भएका हुन्।भने,उनका प्रतिष्पर्धी तिवारीले जम्मा ५६ मत प्राप्त गरेका थिए ।विजेता पौडेल मध्यनेपाल नगरपालिका,१ जिताका स्थायी बासिन्दा हुन् ।
मञ्चको नयाँ नेतृत्व चयनका लागि एक हप्ता अगावै भएको सो सम्मेलनको बन्द सत्रबाट अध्यक्ष बाहेकका सबै पदका उम्मेदवारहरु भने निरविरोध निर्वाचित भइसकेका थिए।लामो समयसम्म सर्वसम्मतीको प्रयास गर्दा सहमती जुट्न नसकेपछि अध्यक्ष पदमा मात्र निर्वाचन भएको थियो।

हेर्नुहोस् निविरोध निर्वाचित हुनेहरुको नामावली
२) उपाध्यक्ष—विश्वराज बगाले(खुल्ला)र मिना गुरुङ(महिला)
३) सचिव— युवराज पन्थी
४) उप—सचिव सुरेन्द्र बराल(खुल्ला) र अञ्जु कुताल थापा(महिला)
५) कोषाध्यक्ष रामचन्द्र अधिकारी निरविरोध निर्वाचित भएका छन्।

विजयी घोषणापश्चात गण्डकी प्रदेश सम्पर्क कमिटिका सदस्य एवं निर्वाचन मण्डलका अध्यक्ष नदराज गुरुङले नवनिर्वाचित अध्यक्ष पौडेललाई सपथ ग्रहण गराएका थिए।भने,अध्यक्ष पौडेलले बाँकी सबै पदाधकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए।


उक्त १२ औं सम्मेलनले २७ सदस्यीय एमाले लम्जुङ–काठमाडौं सम्पर्क मञ्च गठन गरेको छ ।नयाँ नेतृत्व चयनको लागि सो सम्मेलनको बन्द सत्रमा २५० जना प्रतिनिधिहरु सहभागि थिए ।
