
काठमाडौं । यु–२० विश्वकप क्रिकेटको आजको अन्तिम खेल सकिएसँगै सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । सुपर ८ को ग्रुप(१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप(२ मा अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका परेका छन् ।
हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल २७ जुनमा हुनेछ । फाइनल २९ जुनमा हुनेछ । सेमिफाइनल र फाइनलको रिजरर्भ डे राखिएको छ । सेमिफाइनल र फाइनलको दिन यदि वर्षा भएको खण्डमा अर्कोदिन खेल हुनेछ ।
सुपर–८ का खेलहरु १९ जुनदेखि २५ जुनसम्म वेष्टइण्डिजमा हुनेछन् ।
