सुरु भयो मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सार्ने प्रक्रिया

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सार्ने प्रक्रिया सुरु भएको छ । आयोजनाले हेडबक्स सार्ने प्रक्रियाको पहिलो चरणका रुपमा परामर्श दाता छनोट प्रक्रिया अघि बढाएको हो ।

गत जेठ २४ गतेको मन्त्री परिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । सो निर्णयसँगै आयोजनाले असार मसान्तभित्र विस्तृत अध्ययनका लागि परामर्शदाता छनोटका लागि इओआई निकाल्ने गरी तयारी अघि बढाएको आयोजनाले जनाएको छ ।

२०७८ साल असार १ गते आएको बाढी पहिरोले हेडबक्सको ९० प्रतिशत भूभाग गेग्रानले पुरेको थियो । त्यसलगत्तै हेडबक्स वरपरको गेग्र्यान सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते आएको बाढीले गेग्र्यान थुपारेको थियो । अहिलेको हेडबक्सको क्षेत्र नजिकै सधैँ पहिरो बगिरहने ठूलो पहाड रहेको छ ।