
विराटनगर । चट्याङ लागेर १६ वर्षीय एक किसोरीको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–४ की विपना महतोको चट्याङ लागेर मृत्यु भएको हो ।
मंगलबार बेलुका आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर घाइते भएकी थिइन् । उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
