
काठमाडौं । सङ्घीय संसद्का कर्मचारीहरूले लिखित सम्झौता नभएसम्म आन्दोलन जारी राख्ने भएका छन् ।
सङ्घीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसहित बैठक सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी रहेका छन्।
बैठकमा मुख्य सचिव डा। वैकुण्ठ अर्याल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित रहेका छन्।आफ्ना विभिन्न माग राखेर संसद् सचिवालयका कर्मचारीहरूले केही दिन देखि आन्दोलन गरिरहेका छन्। उनीहरूको आन्दोलनका कारण संसद्को बैठक समेत प्रभावित भएको थियो ।
