सुनको मूल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्दै १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको हो ।

शुक्रबार तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार सय एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।