
काठमाडौं ।स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ४ मा पानीको दहमा डुबेर आइतबार एकै घरका दुई बालिकाको मृत्यु भएको छ।
पुतलीबजार–४ रामकोष स्वाराका नरेन्द्रबहादुर थापाका दुई छोरीहरु १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापाको दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।
प्रवक्ता रानाका अनुसार उनीहरु घरदेखि ५०० मिटर टाढा रहेको पधेँरोमा नुहाउन र लुगा धुन गएका बेलामा दहमा डुबेका थिए।
लक्ष्मी ९ र सुस्मिता ५ कक्षामा पढ्दै थिए ।
