अभियन्ता केसीले दिए सरकारलाई चेतावनी,माग पूरा गर्न ३ हप्ताको अल्टिमेटम(विज्ञप्तिसहित)
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई ३ हप्ताको अल्टिमेटम दिएका छन्।
उनले सरकारलाई हप्ता भित्र पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका पदाधिकारीलाई कारबाही गर्न र सबै नेपालीलाई निशुल्क उपचार सम्बन्धी आफूले उठाउँदै आएका माग सम्बोधन गर्न भनेका छन् ।६ वर्षअघि कार्की नेतृत्वको समितिले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदन गत २८ चैतमा सार्वजनिक भएको थियो ।
यस्तै उनले नागरिक अधिकार, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय र पीडकलाई सजाय दिनुपर्ने, गेटामा तुरुन्त स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने,गण्डकी,मधेश प्रदेश र इलाम, उदयपुरसँगै डडेल्धुरामा पनि मेडिकल कलेज र प्रतिष्ठान तुरुन्त निर्माण गर्नुपर्ने लगायतका माग राखेका छन् ।
...
