Tag: नविनकाजी

नेपालप्रेसकर्मी नविनकाजीको स्वास्थ्यमा सुधार,भेन्टिलेटरबाट बाहिर निकालियो

ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं । स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका नेपालप्रेस डटकमका वरिष्ठ संवाददाता नविनकाजी राईको स्वास्थ्यमा सामान्य सुधार आएको छ । उपचारमा संलग्न काठमाडौं मेडिकल कलेजका चिकित्सकका अनुसार उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ ।उनको शनिबार करिब ६ घण्टा लगाएर टाउकोमा जमेको रगत निकाल्ने शल्यक्रिया सम्पन्न भएको थियो। अहिले नविनले श्वासप्रश्वास लिन, शरीरका अंगहरू चलाउन थालेको लेचिकित्सकले बताएका छन्।उपचारमा संलग्न चिकित्सकका अनुसार उनमा रक्त चाप निकै कम रहेकाले बढाउनका लागि औषधि चलाइएको छ। चिकित्सकले १४ दिनसम्म प्रत्यक्ष निगरानीमा राखेर हेर्ने बताएका छन्।नविन शनिबार बिहान दरबारमार्गको राइजिङ मलअगाडि सडक दुर्घटनामा परेका थिए ।उनलाई ट्रमा सेन्टरले केएमसीमा रिफर गरेको थियो ।...