सोसल टुर्स एण्ड ट्राभलले शनिबार साइकल ¥याली गर्दै,विश्व साइकल यात्री महर्जन पनि काठमाडौं कोरा च्यालेन्जमा सहभागि हुँदै

सीता पौडेल(अर्चना)

काठमाडौं ।नेपालको पर्यापर्यटनको विकास र प्रवद्र्धनका लागि सामाजिक संस्था ‘ सोसल टुर्स एण्ड ट्राभल्स’ ले भोलि श्रावण ५ गते शनिबार वृहत साइकल ¥याली गर्ने भएको छ ।उक्त ¥यालीमा विश्व साइकल यात्री ज्ञान महर्जनले पनि सहभागिता जनाउने भएका छन् । 

विश्व साइकल यात्री एवं वल्ड साइकलिष्ट क्लब नेपालका सल्लाहकार महर्जनले सो साइकल ¥याली बिहान ७ बजे ललितपुरको पाटन दरबार स्क्वायरमा रहेको मंगलबजारबाट शुरु हुने र बौद्धको समता स्कुलसम्म गएर अन्त्य हुने जानकारी दिएका छन्।

साथै उनले सो साइकल ¥याली ५० कि.मि.,७५ कि.मि.र १०० किलोमिटरमा हुने बताए । उनले बिहान ७ बजेदेखि शुरु भएको साइकल ¥याली दिउँसो ३ बजे बौद्दमा गएर टुङ्गिने र फेरि फर्किएर पाटनको नागबाहलमा आई औपचारिक कार्यक्रम सहित पुरस्कार तथा प्रमाणपत्र वितरण गरेर समापन गर्ने कार्यतालिका रहेको समेत सगरमाथाप्रेस डटकमलाई जानकारी दिए ।

उनका अनुसार सो साइकल ¥यालीमा ४ हजार ५ सय ८९ जना पुरुष र १ हजार ५० जना महिला साइकलिष्टहरु सहभागि हुँदैछन् । ‘हयास् ट्याग कोरा –२४ ’ नाम दिइएको सो ¥याली पोखरा,पाल्पा,लम्जुङ, विराटनगर,झापा लगायत नेपालका अन्य थुप्रै जिल्लाहरुमा समेत एकैचोटि  कोरा च्यालेन्ज शुरु गर्ने तयारी भएको छ।

विश्व साइकल यात्री महर्जनले विश्वका २२ वटा देशहरुमा साइकल यात्रा गरिसकेका छन्।भने,अब तत्कालै ओसिनिया क्षेत्रका विभिन्न राष्ट्रहरुहुँदै यूरोपका विभिन्न देशहरुमा साइकल यात्रा गर्ने तयारी भएको बताएका छन् ।